अन्तिम पटक मतदातासँग भिक्षा माग्दैछु : हृदयेश त्रिपाठी

पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्दा राज्यमा निरंकुश र तानाशाही प्रवृत्ति हाबी हुने बताएका छन्।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत बर्दघाट नगरपालिकाका वडाहरूमा भएको संयुक्त भेला तथा घरदैलो चुनावी अभियानका क्रममा सम्बोधन गर्दै उनले त्यसो भनेका हुन्।

अध्यक्ष त्रिपाठीले राजनीतिमा धनको हाबी भएमा युवाहरूको राजनीतिक भविष्यसमेत समाप्त हुने जिकिर गरे। उनले आफू जीवनको अन्तिम पटक निर्वाचन लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासँग भिक्षा मागेको बताए। अध्यक्ष त्रिपाठीले आफूले मागेको भिक्षा निर्वाचन क्षेत्रका जनताको प्रतिष्ठा, इज्जत, स्वाभिमान र सम्मानका लागि भएको बताए।

चुनावी अभियानका तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *