
‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणका लागि एमालेलाई मत दिनुस् : ओली


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र भएको बताएका छन्। सिन्धुलीको दुधौलीमा आज एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने सपना सकार पार्न सूर्य चिह्नमा मतदान गर्न अपिल गरे।
उनले देशलाई विकासको अभियानमा लैजान र सुखी नेपाली समृृद्ध नेपाल निर्माणका लागि एमालेको सरकार आवश्यक रहेकोमा जोड दिए। “एमालेले जारी गरेको घोषणापत्र ग्यारेन्टीका साथ हामी पूरा गर्न तयार छौँ, तपाईंको एकमतले देशको विकासमा टेवा पुग्ने भएकाले सिन्धुलीबाट एमालेका उम्मेदवारलाई विजयी गरेर पठाए जिल्ला र देशको विकास हुनेछ”, अध्यक्ष ओलीले भने। उनले सुनकोशी मरिण डाइभर्सन, मदनभण्डारी राजमार्ग आर्थिक समृद्धिका आधार निर्माण गरेको बताए।
एमालेले जिल्लामा उठाइएका प्रतिनिधि सभाका दुई प्रदीप कटुवाल, मनोजजङ्ग थापा र प्रदेश सभाका सुवास देवकोटा, रामकुमार कार्की, विनोद खड्का र रामकुमार पौडेल चारै उम्मेदवारलाई मत दिएर विजयी गराउन उनले आग्रह गरे।
प्रतिक्रिया