
अमेरिकी मध्यावधि निर्वाचन : सिनेटमा डेमोक्र्याट, सदनमा अनिर्णित

अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीले झिनो बहुमत प्राप्त गरेको छ । योसँगै उक्त दलले आगामी दुई वर्षसम्म सिनेटमा नियन्त्रण कायम गर्नेछ ।
नेभाडामा र एरिजोनामा भएको अति कठिन प्रतिस्पर्धामा डेमोक्र्याटिक पार्टीले जित हात पारेका केबल न्युज नेटवर्कले जनाएको छ । सिनेटमा अब डेमोक्र्याटसँग ५० सिनेटर भएका छन्भने रिपब्लिकनका ४९ जनामात्र छन् ।
प्रतिनिधि सभामा भने रिपब्लिकन पार्टी बहुमत नजिक पुगेको । यो दलले २१८ स्थान हासिल गर्ने देखिएको छ । पछिल्लो मतपरिणामअनुसार रिपब्लिकन पार्टीले दुई सय ११ स्थान जितेको छ भने डेमोक्र्याटिक पार्टी दुई सय चार सिटमा विजयी भएको छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया