नेपालका नेताहरू धेरै बेइमान भए : चन्द्र भण्डारी
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका हुन्।
बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारील यस्तो बताएका हुन्।
उनले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताए। नेता भण्डारीले नेताहरुले लुटेको सम्पत्तिलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको बताए।
उनले राजनीतिक दलहरुले नेपालमा रोजगारीको अवसरको खोजी नगरी युवाहरुलाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्त्वहरुलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताए। नेता भण्डारीले नेपालले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने आवश्यक्ता भएको बताए।
उनले नेपाली राजनीतिमा बेइमान नेताहरु भएको बताए। बेइमान नेताहरुका कारण देश र देशको सौन्दर्यलाई चिन्न नसकेको बताए। उनले खरको छाना हालेर बस्नेहरुलाई गरिब भनेर बिस्थापित गर्ने र अहिले शहरमा खरकै छाना बनाएर करोडौं कमाइरहेको बताए।
नेता भण्डारीले मुलुकलाई दुरावथामा पुर्याउने नेताहरुलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्ने बताए । उनले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमूना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया