हिन्दू राष्ट्रको पक्षमा बहस गर्नेलाई मतदान गरौं : विश्व हिन्दू महासंघ

विश्व हिन्दू महासंघ, नेपाल राष्ट्रिय समितिले हिन्दू राष्ट्रको पक्षमा बहस गर्न प्रतिबद्धता जाहेर गर्ने उम्मेदवारहरूलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदात गर्न आह्वान गरेको छ । महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आह्वान गरेको हो ।

हिन्दू धर्मप्रति सद्भाव राख्दै आएका र चुनाव जितेपछि पनि संसद्मा हिन्दू राष्ट्रको पक्षमा बहस गर्ने प्रतिबद्धता जनाउने विभिन्न पार्टी र स्वतन्त्रका उम्मेदवारहरूलाई आगामी निर्वाचनमा मतदान गर्न आफूहरूले आह्वान गर्ने निर्णय गरेको महासंघका उपसभापति प्रवीण घिमिरेले बताए । महासंघले धर्मप्रति घृणा फैल्याउने तथा धर्म निरपेक्षता र संघीयताको वकालत गर्नेहरूलाई भने निर्वाचनमा मत नदिन आग्रह गरेको छ ।

महासंघले नेपाली जनताको बृहत् धार्मिक एकता कायम गरेर धर्म निरपेक्षता र संघीयतालाई परास्त गर्ने चेतावनी समेत दिएको छ । उपसभापति घिमिरेले कृषि, वन, पर्यटन, जलस्रोत र जडिबुटीको परिचालन गरेर १५ वर्ष भित्र ५० लाख युवाहरुलाई देशभित्र रोजगारी दिने प्रबन्ध मिलाउन आफूहरु लागि परेको दावीसमेत गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर