
पाकिस्तानमा आतंकवादी हमलामा २ प्रहरीको मृत्यु, ३ घाइते


फाइल तस्बिर।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको दक्षिण वजिरिस्तान जिल्लामा मंगलबार राति भएको आतंकवादी हमलामा कम्तीमा दुई प्रहरीको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
अज्ञात आतंककारीहरूले मध्यरातमा जिल्लाको रघजाई क्षेत्रको एक प्रहरी चौकीमा आक्रमण गरे, जसको परिणामस्वरूप प्रहरीहरू हताहत भएको मिडियाले जनाएको छ।
आतंककारीहरूले एम्बुलेन्स र प्रहरी चौकीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले प्रहरी चौकीबाट दुई दर्जनभन्दा बढी सब–मेसिनगन, एक थान हलुका मेसिनगन र फिल्डर कार समेत चोरी गरेको प्रहरीले जनाएको छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया