डलर साट्ने बहानामा वैदेशिक रोजगारीबाट फर्केका युवालाई ठगी प्रयास गर्ने दुई जना पक्राउ

काठमाडौंमा अमेरिकी डलर साट्ने बहानामा वैदेशिक रोजगारीबाट फर्केका एक जनालाई ठगी गर्न खोजेको आरोपमा दुई जना पक्राउ परेका छन्।

गुल्मीको इस्मा गाउँपालिका–६ घर भई काठमाडौंको नयाँ बसपार्क बस्ने ३३ वर्षीय प्रदीप कुमाल र ३४ वर्षीय दीपक कुमाल पक्राउ परेका हुन्।

प्रहरीका अनसार उनीहरूले आइतबार अपराह्न ५ बजे ओमनमा रोजगारी गरेर फर्केका नवलपरासीको सरावल गाउँपालिका–३ गोइनीका २२ वर्षीय अनुज चौधरीलाई ठगी प्रयास गरेका थिए।

घर फर्कन नयाँ बसपार्कमा बस पर्खेर बसिरहेका चौधरीलाई डलर साट्ने बहाना पारेर ठगी गर्ने नियतले ललाइफकाइ गरिरहेको अवस्थामा उनीहरूलाई प्रहरी प्रभाग गोंगबुको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले पैसाको आकारमा रहेको कागजको बिटो र नगद १२ हजार रुपैयाँ बरामद गरेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *