जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट एक महिलासहित पाँच जना पक्राउ

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा एक जना महिलासहित पाँच जना पक्राउ परेका छन्।

आइतबार राति १० बजे काठमाडौं महानगरपालिका–७ गंगाहिटी, मिरमिरे टोलस्थित ओझाको तीन तल्ले घरको रूपचन्द्र श्रेष्ठले भाडामा लिएको पहिलो तल्लाको फ्ल्याटमा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ३ लाख ५७ हजार ८ सय ५५ रुपैयाँ नगद र २४ बुक तास बरामद गरेको छ।

पक्राउ परेका उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *