निर्वाचनको मौन अवधिमा बदमासी हुनसक्छ, आयोगले निगरानी गर्नुपर्छ : पूर्वमन्त्री आचार्य

पूर्वमन्त्री निलाम्बर आचार्यले राजनीतिक दलका प्रमुख नेताहरू उम्मेदवार भएको क्षेत्रमा निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

आइतबार ललितपुरमा आयोजित निर्वाचन आयोगको अभिभाराको सम्बन्धमा गरिएको अन्तरक्रियामा बोल्दै पूर्वमन्त्री आचार्यले प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँमा निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताएका हुन्।

उनलले प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँमा मतदाताले कर, बल र अनुचित प्रभावबिना मतदान गरेको अनुभूति गर्न सक्नुपर्ने बताए। उनले प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँलाई निर्वाचनको स्वच्छताको मापदण्डको रूपमा प्रस्तुत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराए।

पूर्वमन्त्री आचार्यले नेपालमा कुनै बेला रातारात मतपेटिका साटिएकोतर्फ ध्यानाकर्षण गराउँदै मतपेटिकाको सुरक्षाका लागि सतर्कता आवश्यक रहेको बताए। उनले नागरिकहरूको सजगता र सतर्कताले आयोगलाई पनि सजग र सतर्क हुन मद्दत गर्ने बताए। उनले निर्वाचनको मौन अवधिमा बदमासी हुनसक्ने भन्दै निगरानी गर्नुपर्ने बताए।

पूर्वमन्त्री आचार्यले कार्यान्वयन हुन सक्नेगरी मात्रै निर्वाचनसम्बन्धी कानून बनाउनुपर्ने बताए। उनले आचारसंहितामा कतिपय कुराहरू अस्पष्ट रहेको भन्दै त्यसलाई पनि प्रष्ट पार्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *