आमनिर्वाचनका लागि आयोगलाई भारत सरकारले दियो ८० वटा गाडी उपहार

भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा गाडी प्रदान गरेको छ। नेपालमा आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रयोगका लागि ती गाडी उपहारस्वरूप प्रदान गरेको हो।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार आयोजित एक समारोहबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई गाडी हस्तान्तरण गरेका छन्। यी सवारी साधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुग्नेछ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका २०० वटा सवारी साधनकै हिस्साको रूपमा यी ८० वटा सवारी साधन रहेका छन् । यसअघि मंगलबार राजदूत श्रीवास्तवले २०० वटा गाडी अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्रण गरेका थिए।

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको छ। भारतले हालसम्म निर्वाचन आयोगलाई २१४ वटा सवारी साधन उपहारस्वरूप प्रदान गरिसकेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर