नेपाली सेनामा रथी, उपरथी र सहायक रथी बढुवा, बलाध्यक्ष रथीमा सिताराम खड्का
नेपाली सेनाका उपरथी सिताराम खड्का रथीमा बढुवा भएका छन् । उनलाई सैनिक मुख्यालय जंगी अड्डाको सिफारिसपछि रक्षा मन्त्रालयको प्रस्तावमा पछिल्लो मन्त्रिपरिषद्काे बैठकले बढुवा गरेको हो ।
उपरथी खड्का नेपाली सेनामा प्रधानसेनापति प्रभुराम शर्मापछिको जिम्मेबारीमा रहेका भाइस चिफ अफ आर्मी स्टाफ बलाधिकृत रथी बालकृष्ण कार्की अवकाशमा गएपछि उनको स्थानमा बढुवा भएको हो ।
२५ बेसिकका उपरथी खड्काको बढुवासँगै उनको कार्यकाल एक वर्षको हुनेछ ।
बलाधिकृत रथी कार्कीको अवकाशसँगै बलाध्यक्ष रथी सरोजप्रताप राणालाई उनको जिम्मेबारीमा लगिने भएको छ । राणालाई बलाधिकृत रथीको जिम्मेबारी दिइदैछ ।
यस्तै सहायक रथीहरु विजय थापा र आशबहादुर तामाङको उपरथीमा बढुवा भएको छ ।
उपरथी खड्का र गोकुल भण्डारीको रिक्त हुने उपरथी पदका लागि सहायक रथी थापा र तामाङको बढुवा भएको हो ।
बढुवा भएका थापा सैनिक कल्याणकारी महानिर्देशनालय( काज सुदूर पश्चिम पृतना ) मा र तामाङ नेपाली सैनिक वार कलेजमा कार्यरत रहेका छन् ।
यस्तै महासेनानीहरु सुनिल घले, ललित कुँवर, मोहन क्षेत्री, धन थापा, रोशन खड्का र सोवेन्द्र महतको सहायक रथीमा बढुवा भएको छ ।
यो बढुवाको एकवर्षपछि नै रथी सिताराम खड्का घर जानेछन् । यसपछि पनि २५ बेसिकमा रथी, उपरथी र सहायक रथीहरु घरजानेछन् ।
त्यसपछिको रथी बढुवा रोचक हुनेछ ।
अहिले सेनाभित्र भावी प्रधानसेनापतिका रुपमा हेरिएका ताराध्वज पाण्डे र अशोकराज सिग्देल चर्चामा रहेका छन् । यस्तै उपरथी बढुवाका लागि कृष्णदेव भट्ट र सुदर्शन सिलवास अघि रहेका छन् ।
- ‘पुँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई बोर्डले नियमन र नियन्त्रण गर्छ’
- लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला धरौटीमा रिहा
- बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
- जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा मेरो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिन्छु : उर्जामन्त्री
प्रतिक्रिया