
कोभिड प्रतिकार्यका लागि कतार फण्ड फर डेभलपमेन्टले दियो नेपाललाई ४ टन स्वास्थ्य सामग्री


कतार फण्ड फर डेभलपमेन्टले नेपाललाई कोभिडबाट ग्रस्त बिरामीको उपचारमा सहयोग पुर्याउन ४ टन अक्सिजन कन्सन्ट्रेटर र १६४ किलो रेम्डिसिभिर प्रदान गरेको छ ।
कतार सरकारका तर्फबाट कतार राजदूतावासका प्रथम सेक्रेटरी खालिद अब्दुल्लाह अल–इब्राहिमले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप अधिकारी ओमप्रसाद उपाध्याय र फार्मेसी अफिसर समिक्षा थापालाई हस्तान्तरण गरेका हुन् ।
कतार सरकार तथा कतार फण्ड फर डेभलपमेन्टले यो सहयोगले नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा कोभिड–१९ जस्तो महामारीसँग लड्न सहयोग पुर्याउने विश्वास लिएको छ ।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया