लाजिम्पाटमा स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

काठमाडौंको लाजिम्पाटमा टाउको झ्यालबाहिर निकालेर स्कुल बसमा यात्रा गरिरहेका एक बालकको रुखमा ठोक्किएर मृत्यु भएको छ।

लाजिम्पाटस्थित बेस्ट इलिमेन्ट्री मन्टेसोरी स्कुलमा कक्षा ५ मा अध्यनरत सामाखुसी बस्ने १३ वर्षीय आयुष्मान दाहालको मृत्यु भएको हो।

बुधबार दिउँसो करिब साढे ३ बजे स्कुल छुट्टी भएपछि सोही स्कुलको बा १ क ४६४२ नं. को बसमा चढेर घर फर्कने क्रममा उक्त बसको पछाडिको सिटबाट झ्यालबाट टाउको बाहिर निकाल्दा गेट नजिकको रुखमा उनी ठोक्किएका थिए। रुखमा ठोक्किएर उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

घाइते बालकको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा बिहीबार बिहान २ः२१ बजे मृत्यु भएको प्रहरी वृत्त दरबारमार्गले जनाएको छ।

बस र बस चालक रोशन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *