कास्कीमा विभिन्न मुद्दामा कैद र जरिवाना सुनाइएका १० जना फरार प्रतिवादी पक्राउ

कास्कीमा विभिन्न मुद्दामा कैद र जरिवाना सुनाइएका १० जना फरार प्रतिवादी पक्राउ परेका छन्।

कास्की जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा जरिवानाको फैसला सुनाएका फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की तथा इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका १०सै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।


यी हुन् पक्राउ परेका फरार प्रतिवादीहरू :

  • चलन चलाई मुद्दामा रु.५,०००।- जरिवाना सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२९ भण्डारढिक बस्ने वर्ष ७२ को टेक बहादुर गुरुङ ।
  • चलन चलाई मुद्दामा रु.५,०००।- जरिवाना सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२९ भण्डारढिक बस्ने वर्ष ७१ की रन माँया गुरुङ ।
  • चलन चलाई मुद्दामा रु.५,०००।- जरिवाना सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२९ भण्डारढिक बस्ने वर्ष ४० को शरेमान गुरुङ ।
  • चलन चलाई मुद्दामा रु.५,०००।- जरिवाना सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२९ भण्डारढिक बस्ने वर्ष ३९ को निरमान गुरुङ ।
  • चलन चलाई मुद्दामा रु.५,०००।- जरिवाना सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२९ भण्डारढिक बस्ने वर्ष ३६ को बेल कुमार गुरुङ ।
  • चलन चलाई मुद्दामा रु.५,०००।- जरिवाना सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२९ भण्डारढिक बस्ने वर्ष ३१ को जमुना गुरुङ ।
  • चलन चलाई मुद्दामा रु.५,०००।- जरिवाना सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२९ भण्डारढिक बस्ने वर्ष २६ को बिपना गुरुङ ।
  • सवारी ज्यान मुद्दामा २ महिना १० दिन कैद र रु.२,०००।- रुपैयाँ जरिवाना सजाय तोकी हालसम्म फरार रहेका जिल्ला तनहुँ शुक्ला गण्डकी न.पा. २ कोत्रे बस्ने वर्ष ३६ को सन्तोष पुन ।
  • सवारी ज्यान मुद्दामा ११ महिना ५ दिन कैद सजाय तोकी हालसम्म फरार रहेका जिल्ला धादिङ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३२ मजुवा बस्ने वर्ष ४० को चक्र बहादुर गुरुङ ।
  • लागू औषध मुद्दामा १० महिना १६ दिन कैद सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३१ मोहरिया बस्ने वर्ष १९ को सुनिल बि.क. ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *