प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशन कात्तिक १९ र २० गते काठमाडौंमा

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन काठमाडौंमा हुने भएको छ । कमिटीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही कार्तिक १९ र २० गते सो अधिवेशन गर्ने औपचारिक जानकारी गराएको हो ।

बूढानीलकण्ठस्थित पार्क भिलेज रिर्सोटमा अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने पनि कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापाले बताए ।

‘सबल प्रवासी, समृद्ध नेपाल ः सुःखी नेपाली’ भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको अधिवेशनमा ४० देशका ३ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर