मानव अंग दानलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मानव अंग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

किड्नीलगायतका अंगहरू फेल भएर बसेकाहरूको पुनर्जन्म हुने भएकाले मृत्युपर्यन्त अंग दान गर्ने कार्यलाई अभियानको रूपमा अघि बढाउन उपयुक्त हुने उनको भनाइ छ ।

मारबाडी सेवा समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दान गरिएका अंगहरूले मान्छेको पुनर्जन्म गराउने र उनीहरूको स्वस्थ जीवनले मुलुकलाई समृद्ध बनाउन योगदान पुर्‍याउने भएकाले पनि मानव अंग दान अति आवश्यक रहेको स्पष्ट पारे ।

मन्त्री श्रेष्ठले अंग दान गरेर अरूलाई जीवन दान गर्नु ठूलो मानवीय सेवा भएकाले यसलाई व्यापक बनाएर लैजानुपर्ने बताए । त्यस अवसरमा उनले मानवीय सेवाको क्षेत्रमा मारबाडी समुदायले खेल्दै आएको भूमिकाको पनि चर्चा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर