
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली


नेपाली सेनाले दक्षिण सुडानमा संयुक्त राष्ट्र मिशनमा तैनाथ शान्ति सैनिकहरूको अदलीबदली गरेको छ।
सोमबार दक्षिण सुडानमा मिशनमा तैनाथ हाई रेडिनेश गुल्मको पाचौं डफ्फालाई बदली गर्नका लागि हाई रेडिनेश गुल्म छैठौं डफ्फाका १५० जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी नवराज थापा मगरको नेतृत्वमा काठमाडौंबाट मिशन इलाका प्रस्थान गरेका हुन्।
साथै उक्त मिशनमा तैनाथ हाई रेडिनेश गुल्म पाचौं डफ्फाका १३२ जना नेपाली शान्ति सैनिकहरू सेनानी सुजित श्रेष्ठको नेतृत्वमा सोमबार नै स्वदेश फर्किएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेनाले विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा यूएन मिशनहरूमा खटिएर शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।
प्रतिक्रिया