कांग्रेस उपसभापति खड्का चुनावी प्रचारमा व्यस्त

नेपाली कांग्रेसका उपसभापति एवं सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्णबहादुर खड्का चुनाव प्रचारप्रसारमा व्यस्त बनेका छन्। आफ्ना एजेण्डा लिएर सुर्खेत क्षेत्र नं. १ का नागरिकका घरदैलोमा खड्का दैनिक पुगिरहेका छन्।

गत निर्वाचनमा पराजय व्यहोरेका खड्का यसपटक जित निकाल्ने दाउसहित चुनावी कसरतमा छन्। घरदैलोका क्रममा नागरिक विगतको नेतृत्वबाट असन्तुष्ट रहेको र उनीहरूले विकल्प खोजेको महसुस आफूलाई भएको खड्काले बताए। घरदैलाेका क्रममा युवादेखि वृद्धवृद्धासम्मकाे शुभेच्छा र आशीर्वाद आफूलाई प्राप्त भइरहेको उनले बताए।

खड्कालाई यसपटक सत्ता गठबन्धनका कारण चुनाव जित्न सहज हुने देखिएको छ। उनले आफ्नो पक्षमा राम्रो माहोल बनिरहेको बताए। जनताको प्रतिक्रिया सुन्दा आफ्नो जित सुनिश्चित रहेको उनले दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *