बझाङको लेखगाउँ केन्द्रबिन्दु बनाएर भूकम्प
१३ कार्तिक २०७९ ११:२०
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुुस गरिएको छ । आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बझाङको लेखगाउँ रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ ।
प्रतिक्रिया