पूर्वप्रहरीलाई अवकाशपछि पनि गतिशील बनाउन आवश्यक : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले मुलुकको समग्र विकास र समृद्धिका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन् । नेपाल पूर्वप्रहरी सङ्गठन जिल्ला समिति रूपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको छलफलमा उनले भने, “मुलुकमा तीव्र विकास जरुरी छ । जनभावनाअनुसार काम गर्दै मुलुकलाई सही दिशामा अगाडि बढाउन पाँच दलीय गठबन्धन गरिएको हो ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनका तर्फबाट रूपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमेत रहेका गृहमन्त्री खाणले वर्तमान सरकार र गठबन्धनले मुलुकको हितका लागि मात्र काम गरेको र आउँदा दिनमा पनि गर्ने बताए ।

उनले पूर्वप्रहरीलाई अवकाशपछि पनि गतिशील बनाए राष्ट्र सक्रिय रहने र स्वयं व्यक्तिसमेत लाभान्वित हुने बताए । “सेवामा रहँदा होस् वा अवकाशपछि होस्, उहाँहरूको भूमिका हरेक ठाउँमा अहम् हुने गर्छ”, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *