नेप्से परिसूचक १४.३५ अंकले वृद्धि
साताको पहिलो तथा तिहारअघिको अन्तिम कारोबारको दिन नेप्से परिसूचक १४ अंकले बढेको छ । पछिल्लो समय लगातार रूपमा गिरावट हुँदै आएको नेप्से परिसूचक आइतबार १४.३५ अंकले बढेर बन्द भएको हो ।
त्यस्तै सन्सेटिभ इण्डेक्स ०.७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंकले र सेन्सेटिभ इण्डेक्स ०.८६ अंक बढेको छ ।
आइतबार कारोबारमा आएका २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर ५१ करोड ६८ लाख ३ हजार ४८३ रुपैयाँमा कारोबार भएको छ ।
आइतबार नेप्सेका १३ उपसमूहमा ११ उपसमूहको परिसूचक बढेको छ भने दुई वटा उपसमूहको सूचक घटेको छ । जसमा होटल र म्युचुअल फण्डको सूचक घटेको छ । तर, निर्जीवन बीमा, हाइड्रोपावर र विकास बैंक उससमूहको सूचक १ प्रतिशतभन्दा धेरै बढेको छ ।
नेप्से परिसूचक बढेसँगै आइतबार रुरु जलविद्युत र सयपत्री हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै जनउत्थान लघुवित्तको ४.१५ प्रतिशत, किसान लघुवित्तको ४.०४ प्रतिशत र मिथिला लघुवित्तको ३.९८ प्रतिशतले बढेको छ ।
तर, यता अभियान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ७.६० प्रतिशतले घटेको छ भने महुली लघुवित्तको ४.०३ प्रतिशतले घटेको छ । आइतबार एभरेष्ट बैंकको सबैभन्दा धेरै ५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया