
पाकिस्तानी राजदूत शाहको राष्ट्रपति भण्डारीसँग बिदाइ भेट


नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेका छन्।
नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत शाहले बिहीबार राष्ट्रपति भण्डारीसँग भेट गरेका हुुन्।
भेटमा राजदूत शाहले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै नेपालमा राजदूत रहँदा आफूले गरेको प्रयासमा सहयोग गरेकोमा राष्ट्रपति र नेपाल सरकारलाई धन्यवाद दिए।
राष्ट्रपतिले भण्डारीले राजदूत शाहलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै नेपालमा रहँदा दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने प्रयास गरेकोमा धन्यवाद व्यक्त गरिन्।
साथै उनले राजदूत शाहलाई आगामी कार्यकालका लागि शुभकामना पनि व्यक्त गरिन्।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया