
परराष्ट्रमन्त्री खड्कासँग यूएईका राजदूतको बिदाइ भेट


नेपालका लागि यूएईका राजदूत सईद हमदान अल नक्बीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग बिदाइ भेट गरेका छन्।
नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत नक्बीले परराष्ट्रमन्त्री खड्कालाई उनको कार्यकक्षमा भेटेका हुन्।
भेटमा दुई देशको आपसी हितका विविध विषयमा छलफल भएको थियो।
प्रतिक्रिया