
स्याङ्जामा पौडी खेल्ने क्रममा बेपत्ता किशोरको शव सशस्त्र प्रहरीले भेट्टायो


स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१ सिसौघारीस्थित आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बिहीबार फेला पारेको छ ।
सोही ठाउँ बस्ने १९ वर्षीय सङ्गम रेग्मी उक्त खोलामा पौडी खेल्ने क्रममा बुधबार दिउँसो करिब साढे ४ बजे बेपत्ता भएका थिए ।
उक्त घटनाबारे जानकारी प्राप्त भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक उपेन्द्र बस्यालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले घटनास्थलभन्दा १०० मिटर तल अन्दाजी १५ फिट गहिराइबाट उनको निकालेको हो ।
प्रतिक्रिया