
अमेरिकामा गोली हानेर दुई प्रहरीको हत्या, एक प्रहरीको अवस्था गम्भीर


अमेरिकाको कनेक्टिकट राज्यमा गोली हानेर दुई जना प्रहरी अधिकारीको हत्या भएको छ।
बधबार राति ब्रिस्टोल भन्ने ठाउँमा ती दुई प्रहरीमाथि गोली हानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। गोली लागेर अर्का एक जना प्रहरी गम्भीर घाइते भएको कनेक्टिकट स्टेट पुलिसले जनाएको छ।
गोली कसले, किन चलाएको हो भन्नेबारे खुलिसकेको छैन। घटनाको विस्तृत विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको छ।
प्रतिक्रिया