
गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार दिउँसो गृह मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन् । भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भएको छ ।
भारतीय राजदूत श्रीवास्तवले भेटमा आगामी मंसिर ४ गते निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्री खाणलाई शुभकामना दिएका थिए ।
गृहमन्त्री खाणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताए । गृहमन्त्री खाणले नेपाल र भारतबीच सदियौँदेखि नागरिकस्तरमा सम्बन्ध रहेकाले त्यो सम्बन्ध अझ दिगो हुने विश्वास व्यक्त गरे ।
गृहमन्त्री खाणसँग त्यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार बिदाइ भेट गरेकी थिइन् ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया