
बुधबारसम्म बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाटै निष्कासन गर्ने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनका चार दलले गठबन्धनका आधिकारिक उम्मेवादरविरुद्ध बागी उम्मेदवारी दिएका नेताहरूलाई बुधबारभित्र उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता सम्मिलित बैठकले उक्त निर्देशन दिएको हो।
बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा बुधबार दिउँसो १ बजेभित्र पनि बागी उम्मेदवारी फिर्ता नलिए त्यस्ता सदस्यलाई पार्टीबाटै निष्कासन गरिने उल्लेख छ।
हेर्नुहाेस् विज्ञप्ति :
प्रतिक्रिया