मिनेन्द्र रिजालको टिकट खोसियो, सुजाता कोइरालालाई मोरङ २

नेपाली कांग्रेसले मोरङ २ बाट सुजाता कोइरालालाई उठाउने भएको छ ।

२०७४ सालको चुनावमा कांग्रेस नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्य जितेका थिए । मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र कांग्रेसले पाएको थियो ।

त्यसमध्ये १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता कोइराला‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालाले टिकट पाएका छन् । विराटनगर कोइराला समूहको प्रभाव क्षेत्र हो । कांग्रेसको १४ औं महाधिवेशनमा सुजाता देउवातर्फ ढल्किएकी थिइन् । सुजाताको शेखरसँग राम्रो सम्बन्ध रहेको छैन ।

कांग्रेसको चौधौं महाधिवेशनमा नेता रिजाल शेखर कोइराला समूहबाट महामन्त्रीको प्रत्याशी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर