![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
बर्दियामा छोराको हत्या आरोपमा बुबा पक्राउ
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![बर्दियामा छोराको हत्या आरोपमा बुबा पक्राउ](https://www.pardafas.com/wp-content/uploads/2022/09/Hatya-Bardiya-2.jpg)
बर्दियामा छोराको हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारू छन्।
उनले असोज १२ गते आफ्नो छोरा २० वर्षीय विवेक चौधरीको फुटेको बियरको बोतलले पेटमा प्रहार गरी हत्या गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार लौरंगलालले छोरा विवेकलाई बियरको बोतलले प्रहार गर्दा विवेक गम्भीर घाइते भएका थिए। विवेकको उपचारका लागि आफन्तहरूले अस्पताल लैजाने क्रममा असोज १२ गते बाटोमै मृत्यु भएको हो।
हत्यापछि फरार रहेका गौरंगलाललाई प्रहरीले खोजतलास गर्ने क्रममा बिहीबार बिहान १०ः३५ बजे गुलरिया नगरपालिका वडा नं.–११ ईन्द्रपुरबाट पक्राउ गरेको हो।
उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया