देश विकास गर्ने राजनीतिक शक्ति एमालेबाहेक अर्को छैन : ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको बताएका छन् । बिहीबार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले देशको अवस्था देखेर आम नागरिकहरू दिक्क भएको बताए । उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन देश विकासको निर्णायक निर्वाचन भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको बताए ।
उनले सरकार गठन गर्नेदखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्ने कुरा निर्वाचनले तय गर्ने भएकाले देशको विकास गर्ने पार्टीलाई छानेर मतदान गर्न आह्वान गरे ।
अध्यक्ष ओलीले देश बनाउने कुरामा शक्ति सन्तुलनको अवस्थालाई जनताको विकासको पक्षमा पार्न, राष्ट्रियता, शान्ति सुव्यवस्थाको पक्षमा पार्न र विकासको गतिलाई अघि बढाउन नेकपा एमालेबाहेक अन्य कुनै राजनीतिक शक्ति नरहेको जिकिर गरे ।
अध्यक्ष ओलीले अहिले गठबन्धनबाट त्रस्त भएर नेता, कार्यकर्ताहरू एमाले प्रवेश गर्ने लहर चलेको भन्दै देश एमालेमय बनेको दाबी गरे ।
प्रतिक्रिया