
ग्लोबल आईएमई बैंकलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा


ग्लोबल आईएमई बैंकलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा प्राप्त भएको छ ।
बुधबार काठमडौंमा आयोजित एक कार्यक्रमबीच विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी)अन्तर्गत क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिने सम्झौता भएको हो । कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यो कार्यक्रम नेपालजस्तो विकासशील अर्थतन्त्रहरूमा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन तथा ट्रेड फाइनान्स लिमिट पूर्ति गर्ने उद्देश्यले ल्याइएको बैंकले जनाएको छ । यो परियोजनाले ग्लोबल आईएमई बैंकलाई बैंकको बढ्दो व्यापार व्यवसायमा माग र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न मद्दत पुग्ने बैंकले अपेक्षा गरेको छ ।
कार्यक्रमले ग्लोबल ट्रेड फाइनान्स, अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्न सहजीकरण गर्नुका साथै द्विपक्षीय करेस्पोन्डेण्ट बैंकिङ सम्बन्धलाई बलियो र सक्षम बनाउने बैंकले विश्वास लिएको छ । कार्यक्रममा बोल्दै ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस कार्यक्रम नेपालमा जलवायु अनुकूल व्यवसाय विस्तारका लागि सहयोगी बन्ने बताए ।
ग्लोबल आईएमई बैंक र आईएफसीबीच यो दोस्रो साझेदारी हो । सन् २०१९ मा आईएफसीले बैंकलाई साना तथा मझौला व्यवसायमा लगानी गर्नको लागि २० मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।
- सहरी नीति र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहले समन्वय गर्ने
- सांसद राईको प्रश्न- भन्सारमा नेपाली एजेण्टले काम नपाउने र विदेशीले प्रभाव पार्ने कसरी भयो ?
- ‘ए’ डिभिजन लिग : दुई बढुवामध्ये एक च्याम्पियन, एक रेलिगेट
- ‘पपुलिस्ट’ हरूको राजनीति व्यापारिक पुँजीवादलाई पक्षपोषण गर्ने अभियान हो : शंकर पोखरेल
प्रतिक्रिया