कहाँ हराइन् गायिका जेरुसा राई?

गायिका जेरुसा राई गत बिहीबारदेखि बेपत्ता बनेकी छन्। बिहीबार राति ७ः३० बजेदेखि उनी बेपत्ता भएकाले खोजी गरिदिन आग्रह गर्दै परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका छन्। ३१ वर्षीया गायिका राई आमासहित ललितपुरको सानेपामा बस्दै आएकी थिइन्।

गायिका राईको खोजी भइरहे पनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। प्रहरीले असोज ६ गते साँझ साढे ७ बजेतिर ललितपुरको धोवीघाटतिर हिँडिरहेको सीसीटीभी फुटेज फेला पारेको छ।

धोवीघाटको बागमतीमा रहेको फलामे पुलबाट करिब ७० मिटर दूरीमा अर्को पक्की पुल छ। उनी त्यही पक्की पुलतिर गएको भिडियोमा देखिएको छ। तर, त्यसपछि उनी कहाँ गइन् भन्ने खुलेको छैन। प्रहरीले उनको कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको जनाएको छ।

गायिका राई युट्युबमार्फत गीत सार्वजनिक गरेर चर्चामा आएकी गायिका हुन् । उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझ लोकप्रिय छ।उनका नेपाली र अंग्रेजीका कभर गीतहरू पनि चर्चित छन्। उनी लामो समय बेलायत बसेर नेपाल फर्किएकी थिइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर