
मनास्लु हिमपहिरो : एकको मृत्यु, दुई जनालाई काठमाडौं ल्याइयो, नाै जनाकाे उद्धार हुँदै

गोरखाको मनास्लु हिमालमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ।
मनास्लु हिमाल नजिकैको बस्ती सामागाउँमा रहेकी पर्यटन विभागकी अधिकृत यशोदा अर्यालले एक जनाको मृत्यु भएको बताइन्। क्याम्प ३ बाट क्याम्प ४ तर्फ अक्सिजनलगायत सामग्री लिएर जाँदै गरेका अनुप राईको मृत्यु भएको हो।
उनका अनुसार हिमपहिरोमा परेर घाइते भएका दुई जनालाई उद्धार गरेर काठमाडौं ल्याइएको छ भने अन्य नौ जनाको उद्धारको प्रयास भइरहेको छ।
प्रतिक्रिया