बाजागाजासहित नयाँ घर सर्दै प्रचण्डले भने- ‘गाउँमै फर्किएँ’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू गाँउमै फर्किएको बताएका छन् ।
भरतपुर महानगरपालिका–१४ स्थित भीमसेननगरमा बनाएकाे नयाँ घरमा सर्दै प्रचण्डले यस्ताे भनेका हुन् । सोमबार घटस्थापनाको साइत पारेर उनले गृह प्रवेश गरेका हुन् । करिब १० कट्ठा क्षेत्रफलमा कम्पाउण्ड गरेर ढलान गरेको भुँइ तलाको घर बनाएका छन् ।
बाजागाजासहित गृह प्रवेश गरेका हुन् । प्रचण्डसहित उनकी पत्नी सीता दाहाल, छोरीहरू रेनु दाहाल, गंगा दाहाल र पार्टीका नेता कार्यकर्ता थिए ।
उनी चुनाव लड्ने चितवन क्षेत्र नम्बर ३ मै घर बनाएका हुन् । यसअघि उनी चितवन आउँदा छोरी भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको घरमा बस्थे । अब आफ्नै घरमा बसेर राजनैतिक गतिविधि सक्रिय बनाउनेछन् ।
मंसिर ४ मा निर्वाचन नजिकिँदै जाँदा प्रचण्ड चितवन केन्द्रित बन्न थालेका छन् । विगत तीन दिनदेखि उनी चितवनमै रहेका छन् ।
- मिस म्यानेजमेन्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन
- कांग्रेसले टुङ्गो लगायो यी १० ठाउँमा उपनिर्वाचनका उम्मेदवार, को कहाँ ? (सूचीसहित)
- भ्रष्टाचार मुद्दामा सिरहा कर्जन्हाका पूर्व मेयरसहित पाँच जना दोषी ठहर
- झण्डै ९० लाख रुपैयाँ बराबरको औषधिसहित ट्रक प्रहरीको नियन्त्रणमा
प्रतिक्रिया