
नक्कली प्रमाणपत्र पेस गरेर शिक्षकको जागिर खाएको आरोपमा मन्त्रीकी श्रीमतीविरुद्ध मुद्दा

कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव माविकी शिक्षिका गीता सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षकको जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
गीता सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती हुन्।
गीताले सो विद्यालयमा प्राथमिक तह राहत शिक्षकको रूपमा जागिर खाएकी थिइन्। यसरी जागिर खान उनले बोर्ड अफ सेकेन्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र लिएर पेस गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी गरेको छ।
प्रतिक्रिया