भुटानी शरणार्थीको हत्या गरेको आरोपमा तीन जना पक्राउ
दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ४६ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न भएको आशंकामा केहीलाई इलाम प्रहरीले पक्राउ गरिसकेको र उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले पक्राउ परेकाको नाम खुलाएको छैन ।
बुधबार अपराह्न खुकुरी प्रहारबाट गुरुङको मृत्यु भएको थियो । झापा र इलामको सीमा नजिक पर्ने रतुवाखोलाको पुलमा गुरुङमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेका थिए । गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो ।
त्यसपछि घटनास्थल पुगेका प्रहरीले घाइते गुरुङलाई उद्धार गरी उपचारका लागि लाइफलाइन अस्पताल पु¥याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा साँझ नै उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार व्यक्तिगत रिसिइबीका कारण सो घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया