अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २२ पुग्यो
अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नवीन बूढा, तुर्माखाँद गाउँपालिका–५ बस्ने १७ वर्षीया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीया बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही, २१ वर्षीया भावना शाही र कमलबजार नगरपालिका–६ बस्ने ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गिता कामी, १२ वर्षीया सिरु कामी रहेका छन् ।
यस्तै कमलबजार नगरपालिका–८ ढुङ्गला बस्ने २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाई, चार वर्षीया कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । पहिरोमा परेर ११ जना घाइते भएका छन् ।
प्रतिक्रिया