खुकुरी ब्राण्डको ‘ह्वाइट रम’ बजारमा

संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले आफ्नो बहुचर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ।

योसँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा अब तीन प्रकारका रमहरू भएका छन् – खुकुरी ट्रिपल एक्स रम, खुकुरी स्पाइस्ड रम र खुकुरी ह्वाइट रम।

खुकुरी ह्वाइट रम एक स्पष्ट पारदर्शी रम हो जसले गर्मीयामका पेयहरूको माग पूरा गर्नेछ। यसलाई बरफ(आइस) हालेर पिउन सकिन्छ वा कोला वा जुसजस्ता मिक्सरहरूसँग पनि पिउन सकिन्छ। ‘खुकुरी ह्वाइट रम’लाई ककटेल बनाउन व्यापक रूपमा प्रयोग गर्न सकिन्छ।

मोहितो लोकप्रिय ककटेलमध्ये एक हो जुन ह्वाइट रम प्रयोग गरी बनाइन्छ। ह्वाइट रमको स्थानीय उत्पादन नहुने र आयातीत मदिरामा प्रतिबन्धका कारण नेपालका बारहरूले हिजोआज मोहितो बनाउन अन्य पारदर्शी र सेतो रक्सीको प्रयोग गर्नुपर्ने बाध्यता छ। तर, अब नेपाली उपभोक्ताहरूले फेरि ह्वाइट रमसँग मोहितो पिउन सक्नेछन् । खुकुरी रम मोहितो पारखीहरूलाई अरू कुनै तरल पदार्थ होइन रममा बनेको मोहितो नै अर्डर गर्नसमेत प्रोत्साहन गर्दछ।
नेपालको मौलिक स्वादलाई कायमै राखेर कम्पनीले खुकुरीको ह्वाइट रम तयार गर्न २ वर्षभन्दा बढी समय लगाएको थियो। ह्वाइट रमलाई विश्वस्तरीय तरल पदार्थको रूपमा विकास गर्नुअघि व्यापक परीक्षण र प्रतिक्रियाको शृंखलाहरू सञ्चालन गरिएका थिए। यो क्रममा नेपालका सबै प्रिमियम बार र रेष्टुरेन्टहरूबाट अपार समर्थन र सहयोग प्राप्त भएको थियो।

खुकुरी रमको ब्राण्ड पोर्टफोलियोमा विश्वस्तरीय ह्वाइट रम थपिएकोमा आफूलाई गर्व महसुस भएको ‘दि नेपाल डिस्टिलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले बताए। उनले भने, ‘हामीले रमको आधारभूत पोर्टफोलियो अब पूर्ण गरेका छौं। हामीले उत्पादन गर्दै आएका रमका अन्य भेराइटी निर्यात गरेजस्तै ह्वाइट रम पनि निर्यात गरी विदेशी मुद्रा आर्जन हुने र यसबाट राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुग्ने विश्वास लिएका छौं। ’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर