
सरकारले आफ्नै पार्टीका सांसद निर्वाचित भएको क्षेत्रमा पनि बजेट निकासा दिएन : खगराज अधिकारी


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री खगराज अधिकारीले सरकारले आफ्ना पार्टीका सांसदहरू निर्वाचित भएको क्षेत्रमा विकास, निर्माणका लागि विनियोजित बजेट पनि निकासा नदिएको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनल े यस्तो आरोप लगाएका हुन् ।
प्रतिपक्ष दलमाथि प्रतिसोध साँध्ने गरी बजेट निकासा दिने काम किन नगरेको भन्दै सांसद अधिकारीले त्यसको जवाफ तत्काल दिन सरकारसँग माग गरे । उनले गुठियारहरूको समस्या समाधान गर्न सरकार उदासीन रहेकोे भन्दै आक्रोश व्यक्त गरे ।
केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सोसम्बन्धी विधेयकको विरोध गर्नेहरू अहिले सरकारमा रहेको उल्लेख गर्दै सांसद अधिकारीले ती समस्या समाधान गर्न सरकारलाई दबाब दिए ।
सांसद अधिकारीले ओली नेतृत्वको अघिल्लो सरकारले गुठी समस्या समाधानका लागि ल्याएको सो विधेयक गम्भिरतापूर्वक छलफल गरी गुठियारहरूको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई सचेत गराए ।
- सहरी नीति र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहले समन्वय गर्ने
- सांसद राईको प्रश्न- भन्सारमा नेपाली एजेण्टले काम नपाउने र विदेशीले प्रभाव पार्ने कसरी भयो ?
- ‘ए’ डिभिजन लिग : दुई बढुवामध्ये एक च्याम्पियन, एक रेलिगेट
- ‘पपुलिस्ट’ हरूको राजनीति व्यापारिक पुँजीवादलाई पक्षपोषण गर्ने अभियान हो : शंकर पोखरेल
प्रतिक्रिया