
बालिका बलात्कार आरोपमा सेनाका अमल्दार पक्राउ


एक १४ वर्षीया नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन्।
बागलुङ गल्कोट–११ घर भई हाल नेपाली सेनाको बेनिघाट–आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर राना पक्राउ परेका हुन्।
उनले शनिबार ती किशोरीलाई बलात्कार गरेको पीडितको मौखिक उजुरीपछि सोही दिन राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज लामिछानेले पर्दाफासलाई बताए।
सोमबार पीडित पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर जाहेरी दरखास्त लिइएको र आरोपित रानाविरुद्ध जिल्ला अदालतबाट सोमबार नै जबरजस्ती करणी मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको डीएसपी लामिछानेले जानकारी दिए।
- राजनीतिक मसला नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाए : महेश बर्तौला
- शिक्षकहरूले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्छ : सांसद महत
- प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट
- शिक्षकहरूसँग नयाँ शिक्षामन्त्रीको पहिलो वार्ता नै यसरी भयो ‘असफल’
प्रतिक्रिया