राजेन्द्र लिङ्देन झापा–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
२१ भदौ २०७९ २०:०३
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र नं. ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षतर्फ उनलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।
लिङ्देन अघिल्लाे निर्वाचनमा साेही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए ।
प्रतिक्रिया