
कांग्रेस नेत्री आरजु कैलाली–५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवा कैलाली क्षेत्र नं. ५ बाट सर्वसम्मत प्रधिनिधि सभाको उम्मेदवार सिफारिस भएकी छन्।
प्रदेश कार्यसमितिले बिहीबार राणाको एकल नाम सर्वसम्मतिले संघीय निर्वाचनको प्रत्यक्षतर्फकाे उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
प्रतिनिधि सभाको २०७४ को निर्वाचनमा राणा तत्कालीन वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग ४ हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन्।
प्रतिक्रिया