
बयानका लागि सिंहदरबार पुगे चोलेन्द्र

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा संसद्को महाभियोग सिफारिस समितिसमक्ष बयानका लागि सिंहदरबार पुगेका छन् ।
बुधबार सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीश जबरा बयानका लागि पुगेका हुन् ।
भाद्र ८ गते बसेको महाभियोग सिफारिस समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई आज सोधपुछका लागि बोलाएको थियो । प्रधानन्यायाधीश जबरा सिंहदबार पुगे पनि समितिको बैठक भने अझै सुरु भएको छैन ।
समितिलाई राणामाथि लागेको आरोप पुष्टि हुनेगरी नेपाल बार एशोसिएशनले ३५ बुँदे प्रमाण महाभियोग सिफारिस समितिमा बुझाइसकेको छ ।
प्रधानन्यायाधीश राणालाई संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।
प्रधानन्यायाधीश राणालाई गत फागुन १ गते सत्तारूढ दलका सांसदहरूले महाभियोग प्रस्ताव संसद्मा दर्ता गराएका थिए । संसद्मा महाभियोग दर्ता भएको ६ महिनापछि संसद्ले महाभियोग छलफलको लागि समितिमा पठाएको थियो ।
नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको हो । गत १ फागुनमा सत्तारूढ दलले राणामाथि महाभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधि सभाले महाभियोग सिफारिस समिति गठन गरेको थियो ।
- प्रदर्शन स्थलबाट दुर्गा प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन, अब चाँडै नै पक्राउ पर्छन् : प्रहरी
- रवीन्द्र मिश्र र धवलशमशेर राणा सहितलाई ६ दिन हिरासतमा राख्न म्याद थप
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
प्रतिक्रिया