काठमाडौं जिल्ला अदालतले बुझायो महानगरलाई नक्सा पास
९ भदौ २०७९ १९:४८
काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ । महानगरले अदालतसँग नक्सा पासको विवरण माग गर्दै पत्र पठाएको थियो ।
काठमाडौं महानगरपालिकाको शहरी तथा भवन विकास विभागका प्रमुख सूरज शाक्यले अदालतबाट नक्सा पासको विवरण प्राप्त भएको जानकारी दिए ।
महानगरका अनुसार अदालतको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ । पछिल्लो समय महानगरले नक्साविपरीत संरचना निर्माण भएका भवनमा डोजर चलाउने अभियानलाई तीव्रता दिएको छ ।
प्रतिक्रिया