
महानगरपालिकाले बिहीबार दिउँसो कोटेश्वरमा डोजर चलाउने

काठमाडौ महानगरपालिकाले नक्सा पारित नगरि निर्माण गरिएका संरचना बिहीबार दिउँसो पनि हटाउने भएको छ । बिहीबार कोटेश्वर प्रहरी चौकीबाट उत्तर तर्फ जाने बाटोमा बनाइएको ट्रस्ट हटाइने भएको छ ।
आज बिहीबार बिहान ट्रस्टको सामान हटाउन त्यहाँका व्यवसायी र स्थानीयलाई जानकारी गराइसकेको छ । दिउँसोसम्म न हटाए महानगर आफैले हटाउने महानगरपालिकाले जनाएको छ । नक्सा पास बिना सडक नै ढाकेर ट्रस्ट बनाएकोले भत्काउन लागेको महानरपालिकाले जनाएको छ ।
यसअघि महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्ड पार्किङमा सञ्चालित पसलहरु, काठमाडौं मल, आरबी कम्पलेक्स, रञ्जना गल्लीलगायत क्षेत्रका अनधीकृत संरचना हटाएको थियो ।
त्यसैगरी महानगरपालिकाले बबरमहलस्थित काठमाडौं जिल्ला अदालतलाई भवन निर्माणको नक्सा पास बुझाउन निर्देशन दिएको छ । भवन निर्माणका लागि अदालतले नक्सा पास नगरेको नभेटिएपछि महानगरपालिकाले त्यस्तो निर्देशन दिएको हो।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया