महाभियोग सिफारिस समिति बैठक : जबरालाई बयानका लागि बोलाइयो
८ भदौ २०७९ १९:०८
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बयानका लागि बोलाएको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीश जबरालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति रामबहादुर विष्टले सो कुराको जानकारी दिएका हुन् ।
उनले समितिको बैठकले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरेको बताए ।
बैठकले समितिको कार्यतालिकालाई पनि परिमार्जनसहित स्वीकृत गरेको छ ।
प्रतिक्रिया