विराटनगरमा ‘ग्याङ फाइट’, १ गम्भीर घाइते, ६ पक्राउ
८ भदौ २०७९ ११:२९
विराटनगर महानगरपालिका–१२ मल्हन्वा टोलमा मंगलबार साँझ दुई समूहबीच ‘ग्याङ फाइट’ भएको छ। सो क्रममा एक जना गम्भीर घाइते भएका छन् । उनको न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
‘ग्याङ फाइटमा संलग्न दुवै पक्षका गरी ६ जनालाई पक्राउ गरेका छौं,’ डीएसपी श्रेष्ठले पर्दाफाससँग भने, ‘थप अनुसन्धान भइरहेको छ।’
प्रतिक्रिया