सत्ता गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षविहीन
७ भदौ २०७९ १८:४५
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ।
सिट बाँडफाँटबारे छलफल गर्न मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा शीर्ष नेताहरूका साथै कार्यदलका सदस्यहरू पनि सहभागी थिए । कोरोना परीक्षण गर्न गएकाले कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला भने अनुपस्थित थिए ।
कार्यदलमा कुनै सहमति नभएको र संयोजक पनि अनुपस्थित भएकाले मंगलबारको बैठक छलफलमा सीमित भएको एक नेताले बताए । उनका अनुसार सिट बाँडबाफाँटबारे छलफल गर्न बुधबार फेरि बैठक बोलाउने सहमति भएको छ ।
प्रतिक्रिया