ब्राजिल र कोरियाका नेपाली राजदूतले लिए शपथ
५ भदौ २०७९ १८:२५
ब्राजिल र कोरियाका लागि नवनियुक्त नेपाली राजदूतले शपथ लिएका छन् । आइतबार ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी) लाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूको सहभागिता थियो ।
प्रतिक्रिया