
बाबुरामले भने- नेसपा पनि गठबन्धनकै अंग हो

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य चुनावका लागि मात्रै भएको बताएका छन् ।
मंगलबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि उनले यस्तो बताएका हुन् ।
उनले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने बताए । उनले पार्टीको लक्ष्य नेपालमा अग्रगामी परिवर्तनको एजेण्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गर्ने स्थिति नरहेको उल्लेख गरे ।
उनले मिलेर र नयाँ आधारमा एकताबद्ध भएर जानु नै अहिलेको आवश्यकता भएको बताए । उनले आगामी दिनमा वृहत् अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने पार्टीको लक्ष्य रहेको बताए ।
अध्यक्ष भट्टराईले नेपाल समाजवादी पार्टी पनि गठबन्धनकै अंग भएको दाबी गरे । गठबन्धनमा भएको सहमतिकै आधारमा आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी हुने उनले बताए ।
- पूर्वराजालाई काँग्रेस नेता सिटौलाको चुनौती- देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पती जनतालाई दिनू
- राप्रपाको बल्खु प्रदर्शन : काठमाडौंका यी स्थानमा सवारी ‘डाइभर्सन’
- समतामुलक समाज निर्माण गर्न संघीयता उपयुक्त थलो : सञ्चारमन्त्री गुरुङ
- यस्तो छ स्ववियु निर्वाचन लक्षित नेविसंघको २८ पृष्ठ लामो घोषणापत्र (पूर्णपाठ)
प्रतिक्रिया